धनकुटामा नेकपा एमालेको भ्रमको विरुद्ध सत्ता गठबन्धन एक भए भण्डारफोर गरे
धनकुटा । धनकुटामा सत्ता गठबन्धन दलहरुमा फुट ल्याउन नेकपा एमाले धनकुटाले भ्रम फैलाउन अनगल प्रचार गरेको भन्दै धनकुटा नगरमा सत्ता गठबन्धन दलहरुले आज संयुक्त बैठक गरी सवैलाई एमालेको भ्रममा नर्पन निर्णय गरेको छ ।
नेकपा एमाले धनकुटाले पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी संग धनकुटाको तिन तहमा गठबन्धन गर्ने जानकारी दिएको विभिन्न संचार माध्यममा प्रकाशित समाचारले धनकुटामा भ्रम फैलाएकोले गंभिरध्यानार्कषण भएको वताउदै धनकुटामा क्रियाशिल सत्ता गठबन्धन दलहरुले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुविचनै गठबन्धन हुने आज बैठक गरी निर्णय गरेका हुन ।
धनकुटा नगरका सवै वडाहरुमा सत्ता गठबन्धन दलहरुले गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी पालिका र वडाहरुमा गठबन्धन गर्ने निर्णय प्रति प्रतिवद्धता हुदै वडा स्तर सम्म सत्ता गठबन्धनको संयुक्त बैठक गर्ने र मतदाताहरुलाई गठबन्धनको सन्देश दिने लगायतका महत्वपूर्ण निर्णयहरु भएको नेपाली कांग्रेस धनकुटा नगरका सभापती नरेश श्रेष्ठले वताउनु भयो ।
नेकपा एमाले धनकुटाले पत्रकार सम्मेलन गरी माओवादी संग धनकुटाको तिन तहमा मिलेर निर्वाचनमा जाने प्रचार गरेर भ्रम सिर्जना गरेको प्रति आपत्ति जनाउदै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा धनकुटा नगर संयोजक गणेश विष्टले एमाले हारको हतास मानिसित्तामा रहेकोले जनतामा भ्रम मात्र छरेको यसमा कुनै सत्यता नभएको नेकपा माओवादीले धनकुटामा सत्ता गठबन्धन दलहरुसंग मात्र मिलेर गठबन्धन गरेर निर्वाचनमा जाने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले सत्ता गठबन्धन दलहरुले सहकार्य गरेर गठबन्धन गरी धनकुटामा निर्वाचनमा जाने निर्णय भएपछि एमाले आतिएर अहिले जो पायो त्यही बोल्न र गर्न थालेको र उनीहरु हतोत्साही भएकोले गठबन्धनको जित सुनिश्चित बन्दै गएको वताउनु भयो । जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपहरियाले तत्काल गठबन्धन दलहरुले वडा र टोल स्तर सम्म पुगेर एमालले फैलाएको भ्रमको विरुद्ध स्पष्ट पार्नु पर्ने वताउनु भयो ।
नेकपा माओवादी केन्द्र जिल्ला पार्टी कार्यालय धनकुटामा भएको सत्ता गठबन्धन दलहरुको धनकुटा नगरस्तरीय बैठकमा नेपाली कांग्रेस धनकुटाका नगर सभापती नरेश श्रेष्ठ,उपसभापती अमित लो तामाग,नेकपा माओवादी केन्द्र धनकुटा नगरका अध्यक्ष हेमचन्द्र किराती,उपाध्यक्ष सुरेन आठपहरिया,सचिव खगेन्द्र विष्ट,नेकपा एकिकृकत समाजवादीका धनकुटा नगरका अध्यक्ष सुजन भाई जोशी,इञ्र्चाज सोम वहादुर राई,जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपरिया,धनकुटा नगर अध्यक्ष दिल कुमार राईले सत्ता गठबन्धन दलहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी संयुक्त रुपमा निर्वाचन जाने निर्णय संर्गै नेकपा एमालेको हार निश्चित भएपछि हारको मानसित्ताबाट अतालिएर नेकपा एमालेका नेताहरुले अनगल प्रचार गरीरहेकोले भ्रममा नर्पन आग्रह गर्नु भएको छ ।
धनकुटामा क्रियाशिल सत्ता गठबन्धनका नेताहरुले स्थानीय तहको निर्वाचनमा धनकुटामा सत्ता रुढ दलहरुले गठबन्धन गरेरे निर्वाचनमा जाने र जित्ने समेत भएकोले ढुक्क रहन धनकुटेली जनतालाई आग्रह गर्नु भएको छ ।
धनकुटा जिल्लामा सत्ता रुढ दलहरुले स्थानीय तहको निर्वाचनमा सात वटै पालिकाहरुमा गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय संर्गै गठबन्धनको पक्षमा जनलहर उर्लिएर आएपछि नेकपा एमाले धनकुटा हारको हतार मानसित्तामा पुगेको र सत्ता रुढ दलहरुमा नया उत्साह र उर्जा थपिएको छ ।
प्रतिकृया दिनुहोस