अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा सुरु हुँदै

Acorab

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १६ औं वाषिर्क साधारण सभा लुम्बिनी प्रदेशको बाँकेमा आजदेखि सुरु हुँदै छ ।

अकोराबको २२ औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा आयोजित सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन तथा साधारण सभा दुई दिनसम्म चल्ने छ ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने र त्यसबाट सामुदायिक रेडियोहरुलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए ।

साधारण सभा र राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका तीन सय ६१ सामुदायिक रेडियोका प्रतिनिधिहरु नेपालगञ्जमा भेला भएका छन् ।

सामुदायिक रेडियोहरुको हक, हित र अधिकारका लागि २०५७ चैत ९ गते अकोराब स्थापना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...