७ महिनापछि भारतले बल्ल पायो नेपाली राजदूत

Shankar prasad sharma

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् ।

सरकारले उनलाई राजदूत सिफारिस गरेको लामो समय बितेपनि भारतले एग्रिमो पठाउनढिलाइ गरेको थियो । भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले आइतबार उनलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ ९ डिसेम्बर १०० मा परराष्ट्र मन्त्रालयले भारतलाई सहमतिका लागि पत्र पठाएको थियो ।

तर भारतले तीन महिनापछि सहमति (एग्रिमो) पठाएका कारण शर्माको नियुक्ति ढिलो गरी भएको हो । डा. शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि यसअघि नै राजदूतमा नियुक्त भइसकेका छन् ।

भारतका लागि राजदूत नियुक्त शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन् । सरकारले गत असोज ५ गते निलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि भारतमा नेपालका राजदूत थिएनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...