देशभर म्यादी प्रहरीमा फारम भर्नेको लहर, आवदेकहरुको घुइँचो

Myadi varna suru

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयहरुले म्यादी प्रहरीको आवेदन खुलाएसँगै आवदेकहरुको घुइँचो लागेको छ ।

चर्को घामको परवाह नगरी युवायुवतीदेखि ३० वर्ष नाघेका महिलापुरुषहरु पनि लाइनमा देखिन्थे । आगामी वैशाख ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरीले जनाएको छ । पहिलो दिन भएका कारण म्यादी भर्ना हुन आवेदन दिन गाउँगाउँबाट ठूलो संख्यामा युवाहरू जिल्ला प्रहरी कार्यालयहरुमा झुम्मिएका छन् । आवेदन दिनेमा डिग्री होल्डरदेखि आमाहरुसम्म छन् ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १ लाख जना म्यादी प्रहरी माग गरेको थियो । आवेदन दिने अन्तिम मिति चैत ११ सम्म रहेको छ । । त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले म्यादी प्रहरीमा आकर्षण बढेका कारण आवेदन दिनेको भिड लागेको बताए ।

चैत १३ गतेबाट म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु हुनेछ । कार्यालका अनुसार झापामा २ हजार ७ सय ६४, सुनसरीमा २ हजार १ सय ४३, खोटाङमा १ हजार १ सय ४७, इलाममा १ हजार १ सय ९, पाँचथरमा ९ सय १९, उदयपुरमा ९ सय ५, धनकुटामा ८ सय ६१, सोलुखुम्बुमा ७ सय ९९, भोजपुरमा ७ सय ४९, ताप्लेजुङमा ६ सय ४७, ओखलढुंगामा ५ सय ६१, तेह्रथुममा ३ सय ९९ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन सक्नेछन् ।

म्यादी प्रहरीलाई निर्वाचनको समय करिब ४० दिन खटाइने छ । उनीहरूले ३० हजार २ सय ४० रुपैया पारिश्रमिक प्राप्त गर्नेछन् । सो कार्यदिनका लागि राशन भत्ताबापत ७ हजार २ सय र पोसाक भत्ता ६ सय रुपैयाँ पनि प्राप्त गर्नेछन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...