काठमाडौंको फोहोर उठाइसक्न दुई हप्तासम्म लाग्ने

Kathmandu fohor

काठमाडौं । फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठ्न सकेन । १ फागुनदेखि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फेरि फगुनको अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।

ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । उपत्यकाको गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

झण्डै तीन हप्ता काठमाडौं उपत्यकाबाट फोहोर उठ्न नसकेपछि अहिले पनि धेरै ठाउँमा थुप्रो लागेका छन् । नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब दुई हप्ता लाग्ने महानगरपालिकाको अनुमान छ ।

महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार करिब २०० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लगिरहेका छन् । उनका अनुसार नियम रुपमा फोहोर उठाउन अवरोध नभएमा एकदेखि दुई हप्ताभित्र उपत्यकाको फोहोर सिसडोलमा बिर्सजन गर्न सकिने छ ।

‘यहाँबाट फोहोर लगेर मात्रै हुँदैन,’ उनले भनिन्, ‘त्यहाँ फोहोर लागेर मिलाउनुपर्छ, पुर्नुपर्छ, ल्यान्डफिल साइटमा दुई वटा मात्रै हेभी मेसिन भएकाले चाहेर पनि धेरै फोहोर लैजान सकिन्न ।’ सुरुमा सडकमा थुप्रिएको सबै फोहोर उठाउने र त्यसपछि घर–घरबाट नियमत फोहोर संकलन गर्ने महानगरको योजना छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...