फेरि बढ्यो इन्धनको मूल्य, अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्ने
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मुल्य एकैपटक प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।
बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । वाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ सय अमेरिकी डलर बढाएर १४९५ कायम गरिएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि बढाएको जनाएको छ । भारतीय आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको थियो । सोही अनुसार निगमले नेपालमा पनि मूल्य बढेको बताएको छ ।
प्रतिकृया दिनुहोस