६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने एमाले अध्यक्ष ओलीको दावी

Kp sharma oli

काठमाडौं । स्थानीय तहको निर्वातन आउन झण्डै २ महिना मात्रै बाँकी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैलै ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।

ओलीले महिलाको समान अधिकार र सहभागिताको विषयलाई एमालेले नै अघि बढाएको दाबी गरे । सबै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उनको भनाइ छ ।

उनले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताए । उनले हाल उपाध्यक्ष र उप मेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्मक रहेको तर यस विषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिए ।

त्यस्तै ओलीले कम्युनिष्ट नाम राख्दैमा बास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै बास्तविक कम्युनिष्ट हुन बिचारमा स्पष्ट हुनुपर्ने जिकिर गरे । उनले केहि बुद्धिजिवीले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाउदै कम्युनिस्ट एकता बेकारको कुरा भएको तर्क गरे ।

केही केही ठाउँमा हार्न पनि त तयार हुनुपर्ने भन्दै ओलीले राजनीतिको प्रतिस्पर्धाको निर्णायक थलो जनताको अभिमत रहेको उल्लेख गरे । अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्ति बीचको दुई ध्रुवमा रहेको बताए । उनले सत्ता गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गरेको आरोप लगाउँदै आफूहरु भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको जिकिर गरे ।

ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको ओलीको भनाई छ । एमाले अध्यक्ष ओलीले सत्तागठबन्धनलाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको धारणा राखे । उनले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताए ।

उनले हाल उपाध्यक्ष र उपमेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्म रहेको तर यस बिषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिए ।

ओलीले महिलाको समान अधिकार र सहभागीताको बिषयलाई एमालेले नै अघि बढाएको दावी गरे । सवै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...