एमाले सचिवालय बैठक आज बस्दै, यस्ता छन एजेण्डा

Uml sachibalaya

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज (मंगलबार) दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो ।

सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ । विभिन्न राजनीतिक दलले यसको तयारी थालिसकेका छन् ।

एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । यस विषयमा पनि आजको सचिवालय बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...