आजदेखि लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

Liscense  banda

काठमाडौं । सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन आजदेखि अनिश्चित कालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गरि यस्तो जानकारी दिएको हो ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले हालसम्म परेका अनलाइन आवेदनलाई कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले नयाँ आवेदन तत्कालका लागि बन्द गरेको जानकारी दिएका छन् । अर्को सूचना प्रकाशित नहुन्जेलसम्मलाई अनलाइन आवेदन बन्द गरिने जानकारी उनले दिए ।

अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ ।

यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछिको मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...