अलपत्र नेपालीको उद्धार गर्न श्रममन्त्री श्रेष्ठ आज युएई जाँदै

Krishna sharestha

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज युएई, सेसेल्स र कतारको भ्रमणमा निस्कँदैछ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलवार स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाल–युएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि टोली युएई जान लागेको हो। टोली नौदिने भ्रमणमा आज दिउँसो ३ बजे त्यसतर्फ जान लागेको हो ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन् ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठले भोलि भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा. अब्दुल रहमान अल अवारसँग छलफल गर्नेछन् ।

भोलि नै नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ। बुधबार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नुका साथै दुबईमा सरकारमातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरूमा भ्रमण गर्ने कार्यक्रम छ ।

सोही दिन उनले दुबईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरूसँग अन्तरक्रिया गर्नेछन्। मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सेसेल्स प्रस्थान गर्नेछ।

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरू लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरूबारे त्यहाँका उच्च अधिकारीहरूसँग छलफल हुनेछ। भ्रमण टोली आइतबार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नवीकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...