धनकुटामा संगठन अभियानमा तीव्ररुपमा लाग्यो एकीकृत समाजवादी
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनकुटामा संगठन विस्तार अभियान तीव्र बनाएको छ ।
एकीकृत समाजवादीले नेकपा एमालेले आफुलाई बलियो वडा भन्दै आएको धनकुटा नगरपालिका वडा नं. १ मा बृहत भेला गरी देव कुमार राईको अध्यक्षतामा ४३ सदस्यीय वडा कमिटी बनाएको छ ।
बेलबहादुर शाहीको अध्यक्षतामा भएको सो भेलामा नेकपा एकीकृत धनकुटाका अध्यक्ष तथा युवा नेता अर्जुन राईले धनकुटामा एमालेको गड भत्काएरै छाड्ने दावी गरे । उनले स्थानीय निकायको निर्वाचन आउनै लागेकाले आफ्नो उम्मेदवारहरुलाई विजयी गराउन तन, मन र बचनले लाग्न निर्देशनसमेत दिए ।
सो भेलामा युवा संघ नेपालका केन्द्रिय सचिव डिपलव राईले धनकुटामा एकीकृत समाजवादीमा युवाहरु पंक्तिको लामवद्ध हुने क्रम अत्यन्तै बढेको बताए । उनले युवाहरुको चाहना र देशको विकास गर्ने स्पष्ट भिजन बोकेको एकमात्र पार्टी एकीकृत समाजवादी भएकाले अन्य पार्टीमा रहेका युवाहरुलाई संगठित हुन आग्रह गरे ।
सो भेलाको सञ्चालन धनकुटा नगर कमिटीका सचिव सोम राईले सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस