तनहुँमा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका -२ स्थित ऐनापहरामा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ ढोलफिर्दी गणेस टोलका रुद्र सेन‚ लक्ष्मी कुमारी साही र सुमो चालक ओमप्रकाश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो मुग्लिनबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
टाटासुमो सडकदेखि करिब ५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल लैजाँदा ३ जनालाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य १० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस