प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत अध्यक्षमा निर्वाचित

Ganesh basnet

काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालको ९औं राष्ट्रिय महाधिवेशनबाट गणेश बस्नेत पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न भएको सो महाधिवेसनले बरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगरलाई चयन गरेको छ ।

त्यसैगरी महासचिव हिरामान लामा, उपमहाचिव सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्ष ईन्द्र आचार्यलाई चयन गरेको छ भने सचिव विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाललाई चयन गरेको छ ।

गएराति बन्दसत्रमा गणेश बस्नेत नेतृत्वको कार्य समिति वाचन गरेर सुनाइएको थियो । नाम वाचन गरिएकाहरुले मात्रै मनोनयन दर्ता गर्न भनेपछि अन्यले असन्तुष्टि जनाएका छन् । कतिपय महाधिवेशन बीचमै छाडेर पोखराबाट फर्किएका थिए ।

अध्यक्षमा दाबी गरेका माधव तिवारीले निर्वाचन लड्न नदिएको भन्दै संगठनबाट अलग हुने बताएका छन् । अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी टिम घोषणा गरिनु दुःखद भएको उनले बताएका छन् । सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘प्रेस चौतारी नेपालको नवौं महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न समेत नपाएपछि साधारण सदस्य समेत नरहने गरी आजैदेखि निष्क्रिय रहने घोषणा गर्दछु । महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी अध्यक्ष मण्डलका अध्यक्ष एक्लैले टिम घोषणा गर्नु झन् दुःखद् छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...