बगरको कर तिर्दै बेनीका बाढीपीडित

Beni bazar

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटवासीले २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् ।

बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारीपट्टी बेनी–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन ।

जग्गा नभए पनि जग्गाधनी पूर्जा कामयमै रहेकोले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न वाध्य हुनुपरेको बेनी २ का ओमवहादुर थापाले गुनासो गरे ।

उनका अनुसार स्थानीयवासी हिराबहादुर घिमिरे, भक्तवहादुर घिमिरे, ओमवहादुर थापा, कृष्णवहादुर थापा लगाएत ८ व्यक्तिहरुले मालपोत कर तिर्दै आएका छन् ।

पहिला जग्गा (खेत, बारी र घर) भएको ठाउँमा अहिले नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी–६ डम्मरामा नदीको बगरमा परिणत भएको स्थानीयवासी थापाले बताए ।

'हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ,' उनले भने, 'जग्गाधनी प्रमाणपूर्जामा हाम्रो नाममा छ,वर्षेनी मालपोत कर तिर्दै आएका छौं, तर हाम्रै जग्गाको नदीजन्य पदार्थहरु हामीले प्रयोग गर्न पाउँदैनौं, हामीमाथि अन्याय भएको छ ।'

२०५७ सालमा आएको भीषण बाढीले जग्गा बगाएको थियो। यसयताका २१ वर्षसम्म जग्गाधनीहरुले नियमितरुपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख कृष्णवहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकोले जग्गाधनीले कर तिर्दै आएका जानकारी दिए ।

स्थानीयवासीले जग्गालाई सार्वजनिक जग्गामा दर्तागरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन्। (रासस)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...