सामाजिक सञ्जालमा सावधानी अपनाउन कतारमा रहेका नेपालीलाई सचेतना

Qutar sachetana

काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारमा सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सावधानीसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।

दोहास्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको संयुक्त आयोजनामा सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । दूतावासको सभाहलमा सीमित आमन्त्रितहरूको भौतिक उपस्थिति तथा अन्य सहभागीहरूका लागि भर्चुअल माध्यमबाट गरिएको हो ।

नेपाल पत्रकार महासंघ शाखा कतारको समन्वयमा भएको कार्यक्रमको उद्देश्यबारेमा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान प्रकाश पारेका थिए । दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालले कार्यक्रमको सान्दर्भिकता तथा उपादेयताबारे सम्बोधन गरेका थिए ।

कार्यक्रमका समन्वयकर्ता तथा प्रमुख वक्ता नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मियाले सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सचेतनाबारे बिस्तृतरूपमा आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा सहभागीहरूले पनि अनुभव साटासाट गर्दै प्रश्न राखेका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कार्यक्रम उपयोगी रहेको सहभागीहरूले बताए ।

पछिल्लो समय यहाँ कार्यरत नेपालीहरूले जथाभाबी भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने गरेका छन् । कतिपय भिडियो कतारको कानुनी विपरीत हुने भन्दै नेपाली समुदायलाई सचेत गराइएको अध्यक्ष मुसलमानले बताए ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनीरूपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...