प्रतिनिधिसभा बैठक आज : सम्भावित कार्यसूचीमा महाभियोगको प्रस्ताव

Samsad

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो ।

सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...