तामाङ घेदुङको महाधिवेशन आजदेखि काठमाडौंमा

Nepal tamang ghedung

काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन आजदेखि काठमडौंमा सुरू हुँदैछ ।

‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संर्घषको योजनासहित जुझारू नेतृत्व चयनका लागि नवौं महाधिवेशन’ भन्ने नारासहित सुरू हुने महाधिवेशनको उद्घाटन धुम्बाराहिस्थित एक पार्टी प्यालेसमा आइतवार दिउँसो १ बजे हुने अध्यक्ष मोहन गोलेले जानकारी दिए ।

कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महाधिवेशन आजदेखि सुरू हुन लागेको हो । चैत १ गतेसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा स्थानीय तह, प्रदेश, जिल्ला समन्वय समिति र प्रवास समितिका गरी करिब ८०० जना प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष गोले, वरिष्ठ उपाध्यक्ष बेलीमाया लामा, उपाध्यक्ष कुमारसिंह घिसिङ, अमीर मोक्तान, रामकृष्ण ब्लोन र काजीमान थिङको दाबी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...