झलनाथ खनालले भने, एक्लै चुनाव जित्छु भन्नु पैसाको धाक दिनु हो
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र कांग्रेसको सैद्धान्तिक लक्ष्य मिल्ने बताएका छन् । उनले पार्टी कार्यकर्ताहरूलाई एमाले भाइ कांग्रेस भएको कुरा जनतामा लैजान निर्देशन दिएका छन् ।
नेता खनालले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेको पनि बताए । शनिबार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले एक्लै चुनाव जित्छु भन्नु पैसाको धाक मात्र भएको बताए ।
कांग्रेस पुँजीवादमा प्रस्ट भएको तर एमाले कम्युनिस्टको नाममा पुँजीवादी पार्टी भएको उनको भनाइ थियो । ुकांग्रेसले पनि पुँजीवादी जनवादको कुरा गर्छ उनीहरू ९एमाले० पनि पुँजीवादी जनवादका कुरा गर्छन् । त्यसैले एमालेलाई भाइ कांग्रेस भन्दा हुन्छ । त्यसैले गाउँगाउँसम्म एमालेलाई भाइ कांग्रेस भनेर जानुपर्छ,ु पार्टी कार्यकर्तालाई पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने ।
‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा कांग्रेस, काँग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरुको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरुले, त्यो सबै धाक पैसाको हो । अरु केही होइन’ उनले भने ।
तर प्रधानमन्त्री शेरबहादुर देउवासहितका कतिपय नेताहरु भने सत्तारुढ गठबन्धनको एकता कायम गर्नुपर्छ भन्नेमा प्रष्ट रहेके बताए । ‘कांग्रेसभित्र दुई धार प्रष्ट छ । नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ’ उनले भने ।
नेकपा एमालेले पैसाको बलमा चुनाव जित्ने दावी गरिरहेको उनले बताए । ‘एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ । त्यति मात्रै होइन उनीहरुले पनि बोरामा नै पैसा लाने हो’ उनले भने ।
नेता खनालले आफ्नो पार्टीसँग पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे । एमालेका नीति र कार्यक्रम स्थापना गर्न आफूले ठूलो भूमिका निर्वाह गरेको र समाजवाद स्थपाना गर्न लागेको पार्टीका लागि जबज सपनाको एक सानो अंश मात्रै भएको उनको भनाइ थियो ।
एकीकृत समाजवादी पार्टी तीन वर्षमा नेपालको ठूलो पार्टी बन्ने खनालको दाबी थियो । उनले भने, 'विद्रोह गरेको ६ महिना भयो । यो ६ महिनाको अवधिमा हामीले राष्ट्रव्यापी पार्टी बनाइसक्यौं । अर्को ६ महिनाको र एक वर्षमा यो पार्टी कत्रो हुन्छ ? यही गतिमा अगाडि बढ्यौं भने एक वर्ष, दुई वर्ष, तीन वर्षको बीचमा यो देशको सबैभन्दा ठूलो र अग्रगामी हाम्रो पार्टी हुनेछ ।'
प्रतिकृया दिनुहोस