कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित

Yogendra panjiyar

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनमा पार्टी संस्थापन पक्षका सन्तोष यादवलाई पराजित गर्दै नेता विमलेन्द्र निधिनिकट पजियार विजयी भएका हुन् ।

शुक्रबार राति अबेर आएको मतपरिणामअनुसार पजियारले ६८९ मत अन्तरले यादवलाई पराजित गरेका हुन्। कुल खसेको २ हजार ८१४ मतमध्ये पजियारले १ हजार ७३५ र यादवले १ हजार ४६ मत प्राप्त गरेका छन् । ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए। ३ हजार १७३ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खसेको थियो ।

पजियार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि प्रत्यासीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा पजियार र यादवबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

पहिलो चरणको निर्वाचनमा पजियारले सर्वाधिक मत ल्याउँदा यादव दोस्रो स्थानमा थिए। तेस्रो मत ल्याउने नेता शेखर कोइरालानिकट दिनेश प्रसैला दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए। दोस्रो चरणको निर्वाचनमा प्रसैलाले पजियारलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

दोस्रो चरणको निर्वाचनमा पजियारले नेता निधिका साथै पूर्वमन्त्री रामकृष्ण यादव र कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवको साथ पाएका थिए । उता देउवा समूहका उम्मेदवार यादवलाई सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको साथ दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...