लालपूर्जा पाउनुपर्ने माग राख्दै सुकुम्बासीहरुले काठमाडौंमा गरे प्रदर्शन

Sukumbasi pradarsan

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर अब्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुको लागि बसोवासको लालपूर्जा पाउनुपर्ने माग राखेर सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् ।

लामो समयदेखि लालपूर्जा नपाएपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा उनीहरु शुक्रबार माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्‍न नारासहित प्रदर्शन गरेको हुन् ।

कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिबास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गरेको बताए ।

उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठीबासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेधचरित्रकोबिरुद्धमा ध्यानाकर्षण गराएको बताए । अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए ।

उपत्यका भित्रका नदी खोला लगायत आसपासका क्षेत्रमा बसोबास गरेका आम भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घर टहरा भत्काउन २०७८ माघ १४ गतेबाट निरन्तर १५ दिने, ७ दिने, ३ दिने सुचना निकालेको थियो । तर, संयुक्त राष्ट्रि«य सुकुम्बासी मोर्चाको पटक पटकको प्रयासबाट हाललाई सुचना स्थगित भएको छ ।

मोर्चाले बस्ती रक्षाका लागि मन्त्रालय, राजनीतिक पार्टी तथा सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने ध्यानाकर्षण र्याली लगायतका संघर्षका कार्यक्रम गरी उपत्यकामा समेत भुमि आयोग गठन गरी लालपुर्जा वितरण गर्नुपर्ने माग राखी आन्दोलन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...