कीर्ते गरेको आरोपमा एमालेबाट निर्वाचित भोटखोला-४ का वडाध्यक्ष पक्राउ

Bhote sankhuwasabha

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष पक्राउ परेका छन् । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको लालध्वज सुवेदीले जानकारी दिए ।

जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन । भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ ।

उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा १ लाख दिएर पास गरेको बताइएको छ । पक्राउ परेका आरोपीहरूलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...