गाई चराउनेले ओडारमा भेटे एक दर्जन सकेट बम
काठमाडौं । पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए ।
उनीहरुले गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम भएको पुष्टि गरेको थियो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले १० लिटरको कालो ड्रमभित्र सकेट बम फेला परेको बताए ।
सो क्षेत्रमा माओवादीको प्रभाव पर्ने भएकाले ती वस्तु द्वन्द्वकालमा लुकाएर राखिएका बम नै हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस