शोकमा डुब्यो मादी : डेढ किलोमिटर माथि देखि नै भएको थियो ब्रेक फेल

Madi accident mod

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुने १५ जनामध्ये १२ जना मादीका छन् । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

सो दुर्घटनामा परी मादी नगरपालिका–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहालको घटनास्थलमै मृत्यु भयो ।

त्यसैगरी मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की, ६० वर्षीय बलबहादुर कार्की र मादी नगरपालिका ५ कि ३० वर्षकी युका पोखरेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भयो । एउटै नगरपालिकाभित्रका १२ जनाको मृत्यु भएपछि अहिले मादी शोकमा डुबेको छ । शोकमय बनेको छ ।

संखुवासभा मादी नगरपालिका–६ का ५० वर्षीय डम्बरबहादुर कार्की बिहीबारे हटिया भर्न तेह्रथुम हिँडेका थिए । उनी स्थानीय भगवती आधारभूत विद्यालयदेखि एक मोड मास्तिरबाट बस चढे । विद्यालयदेखि एक किलोमिटर तल आएपछि पहिलो घुम्ती मोड्ने बित्तिकै गाडीको आवाज बिग्रिएको आयो ।

कार्कीका अनुसार गाडी डेढ किलोमिटर माथि देखि नै भएको थियो ब्रेक फेल भएको थियो । बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कार्कीले गाडिको आवाज परिबर्तन भएपश्चात ड्राइभरलाई गाडी रोक्न भने, ड्राइभरले गाडी नियन्त्रणमा लिन नसकेपछि बसमा सवार सबै जना चिच्याउन कराउन थाल्यौ । बसको झ्यालबाट निस्किन खोज्दा खोज्दै बस एक्कासी भीरबाट झरेको बताए । उनले भने ‘म अगाडिको सिट पक्रेर बसेको थिए उछिट्टीएर बाँच्न सफल भए ।’

चालक र सहचालकसँग गत माघदेखि उनको चिनजान भएको थियो । कार्की हटिया भर्नका लागि सातामा एक पटक सोही बसमा यात्रा गर्दै आएका थिए । प्रायस्जसो उनी चालक नजिकै अगाडि बस्ने गर्थे । बिहीबार पनि सिट खाली नै थियो । तर, उनी भने पछाडि बसेका थिए । उनले भने, ‘आज चाहिँ दैव सन्जोग अगाडि बसेको भए म सुरुमै जान्थें होला, खै किन हो आज पछाडि नै बस्न मन लाग्यो ।’ चालकको लापरबाहीभन्दा पनि इन्जिनले काम नगर्दा गाडी दुर्घटना भएको उनी बताउँछन् ।

भोजपुर गोगनेकी–१७ वर्षीया करिष्मा तामाङ केही दिनअघि साथीहरुसँग मादीमा भएको फुटबल प्रतियोगिता हेर्न आएकी थिइन् । कक्षा १० मा पढ्दै आएकी उनी गाउँघरमा फुटबल खेल्ने गर्थिन् । यस पटक भने दर्शक बनेर आएकी थिइन् । तीन दिनअघि नै उनका साथीहरु भने प्रतियोगिता हेरेर फर्किसकेका थिए । उनी भने मादीमा रहेका फुपूफुपाजूको घरमा बसेकी थिइन् ।

मादीका २४ वर्षीय सुवास गोले मादीको टिकट काउन्टरमा काम गर्थे । पिलुवा खोलासम्मका लागि गाडी चढेका थिए । मादीदेखि पिलुवा खोला करिब ३ किलोमिटरको दूरी छ । उनी चढेको एक घुम्ती परबाट गाडी अनियन्त्रित भएको थियो । गाडी नियन्त्रण नहुँदा चालक र सहचालकसमेत आतिएका थिए । उनी भन्छन्, ‘मैले सोधे दाइ गाडी केही भयो भन्दा केही भन्नुभएन, उहाँ पनि आत्तिनु भएको थियो, हाम्रो त बाटो पनि साँघुरो छ, टर्निङ घुमाउन पनि निकै साह्रै छ ।’

बसका संचालक विपिन निरौलाले आफै बस चालाकका रूपमा कार्यरत थिए । इटहरी वडा नं. २० घर भएका विपिनका तीनवटा यात्रुबस संचालनमा रहेका थिए । उनले गरी धरान, इटहरी, विराटनगर र दमकबाट संखुवासभा, तेह्थुममा बस संचालन गर्दै आइरहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...