भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश

High court ahrpn6y patan 27

काठमाडौँ । भन्सार एजेन्टको परीक्षा स्थगित गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ । यही फागुन २८ गतेका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

परीक्षाविरुद्ध क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश भोजराज अधिकारीको इजलासले यो आदेश दिएको छ । अदालतले दुवै पक्षलाई चैत ६ गते छलफलका लागि बोलाएको छ ।

थैबले समानुपातिक समावेशी प्रणालीमा कोटा तोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । भन्सार विभागले गत चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको थियो ।

प्रतिकृया दिनुहोस