२०७९ सालमा कति दिन छ सार्वजनिक बिदा (सूची सहित)

Sarbajanik bida final

काठमाडौं । काठमाडौं । सरकारले आगामी वर्ष २०७९ को लागि सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । सरकारको उक्त सूची अनुसार २०७९ सालमा ९० दिन सार्वजनिक बिदा परेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकासित गर्दै २०७९ सालको वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको जानकारी दिएको हो ।

यद्यपि केहि विदा भने धर्म विशेष, क्षेत्र विशेष र समुदाय विशेषको लागि मात्र रहेको छ । केही दिवसहरुलाई भने सरकारले औपचारिक रुपमा मनाउने तर, सार्वजनिक विदा भने नदिइने उल्लखे छ ।मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व एवम सट्टा बिदा र कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको छ । क्षेत्र विशेषका लागि गाईजात्रा (देशभरका नेवार समूदाय), गौरा पर्व, मोहम्मद जयन्ती सिरुवा पावनीको अवसरमा पनि बिदा हुनेछ । यसैगरी महिला कर्मचारीका लागि तीजको दिन, जितिया पर्वको बिदा हुनेछ भने बसन्त पञ्चमीको दिन माघ १२ गते शिक्षण संस्था बिदा हुनेछ ।

नयाँ वर्षको दिन वैशख १ गते, उभौलि पर्वको अवसरमा जेठ २ गते, रक्षा बन्धनको दिन साउन २७ गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ ४ गते, घटनास्थपनाका दिन असोज १० गते, छठ पर्व कात्तिक १३ गते सार्वजनिक बिदा हुनेछ ।

यसैगरी किरात समूदायको उभौलि, योमरी पूर्णिमालगायतको अवसरमा मंसिर २२ गते, क्रिसमय डेको दिन पुस १० गते, माघीको दिन माघ १ गते, सोनाम लोसार माघ ८ गते, महाशिवरात्रि फागुन ६ गते, ग्याल्पो लोसार फागुन ९ गते, बकर इदका दिन, होलिका दिन फागुन २२ गते पहाडी जिल्ला र तराईमा फागुन २३ गते सार्वजनिक बिदा हुनेछ । 

यस्तो छ २०७९ सालको बिदाको सूची :

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...