‘सुटुक्क’ बझाङ पुगेर फर्कियो भारतीयहरू सवार हेलिकप्टर

Helicopter bajhang

बझाङ । भारतीय नागरिक सवार हेलिकप्टर बझाङको थलारा गाउँपालिका–९ छालागडामा पुगेर फर्किएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा उत्रिएको आधा घन्टापछि फर्किएको थियो । 

स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन्। आफूहरूलाई हेलिकप्टर आउने जानकारी नै नभएको थलारा गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष मोहनराज जोशीले बताए । उनका अनुसार हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको ती भारतीयले भनेको बताएका थिए ।

त्यसपछि आफूहरूले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्नुअघि नै भारतीयहरू लिएर हेलिकप्टर उडेको उनले बताए। हेलिकप्टरमा चालकसहित पाँचजना भारतीय मूलका नागरिक रहेको वडाध्यक्ष जोशीले बताए । उनले भने, ‘हिन्दी बोलिरहेका थिए। साथमा नक्सा पनि बोकेका थिए। उनीहरू करिब आधा घण्टा बसेपछि गए ।’

हेलिकप्टरमा को-को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनभिज्ञ छ । हेलिकप्टरको विषयमा सोधिखोजी भइरहेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाबुराम अर्यालले बताए । हेलिकप्टरमा को, किन आए भनेर नखुलेको र आफूलाई कुनै पूर्व जानकारी पनि नभएकाले यसबारे बुझ्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...