तीन तहमै चुनावी गठबन्धन हुन्छ, विपक्षमा नबोल्नुस् : देउवा

Deuba parsa

वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । नेपाली कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताएका हुन् ।

बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्न मिल्दैन ।’

करिब ७ मिनेट भाषण गरेका प्रधानमन्त्री देउवाले अधिकांश समय गठबन्धनको आवश्यकता औंल्याए । कांग्रेसमा शेखर कोइराला पक्षले चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो । गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीयदेखि माथिल्लो चुनावमा तालमेल गर्न छलफल हुने उनले बताए ।

अहिलेको निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भन्दै देउवाले गठबन्धन गर्नैपर्ने बाध्यता रहेको जिकिर गरे । ‘संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, केही ठाउँमा समस्या होला, तर कुराकानी गरेर मिल्नुपर्छ ।’

०७४ को आम चुनावको परिणाम स्मरण गराउँदै देउवाले गठबन्धन मिलेर जानुपर्ने बताए । ‘हामीले सबैको सहयोग लिएर जानुपर्छ । ७४ को चुनावमा हाम्रो हालत के थियो रु हामी सबै ठाउँमा चुनाव हारेका थियौं । गठबन्धन गरेर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं ।’

प्रजातन्त्र र कांग्रेसका लागि पनि अहिलेको गठबधन जोगाउनुपर्ने भन्दै देउवाले साझेदार दलहरुको आलोचना नगर्न आग्रह गरे । उनले भने, ‘त्यसकारण हाम्रो बोली भाषाले गठनबन्धनका भाषाले अन–नेसेसरीली चिढ्याउने काम गर्नु हुँदैन ।’

सबै पार्टीको सहयोगले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसदबाट पास भएको र यसले नेपालको आर्थिक विकासमा ठूलो भूमिका निर्वाह गर्ने देउवाले बताए ।

‘एमसीसी अनुदानमा आएको पैसा हो । यसको सदुपयोग गर्न सक्यो भने भोलिका दिनमा अमेरिका लगायत अन्य देशबाट लिन सक्छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘देशको विकास छिटो हुन्छ, विकास भएको खण्डमा रोजगारी बढ्छ । रोजगारी बढेको खण्डमा राष्ट्र सम्पन्न भएर जान्छ । विशाल छिमेकी भारत र चीनसँग मित्रता छ, यो राष्ट्रिय आवश्यकता पनि हो ।’

कांग्रेस सभापति समेत रहेका देउवाले भारत र चीनसँग राम्रो सम्बन्ध राखेर अन्य देशबाट नेपालको विकासका लागि सहयोग लिएर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...