सन् २०२२ को सहासिक महिला पुरस्कार भूमिका श्रेष्ठलले पाउने
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालका यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले दिएको योगदानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाएकी थिइन् ।
तेश्रोलिंगी समुदायको हक, अधिकार र लैंगिक समानता लागि आवाज उठाउँदै आएकी श्रेष्ठ यसअघि २०७६ मा विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेकी थिइन् । बेलायती संस्था एपोलिटकलले सार्वजनिक गरेको लैंगिक समानतासम्बन्धी शीर्ष १०० व्यक्तिको सूचिमा श्रेष्ठलाई पारेको थियो ।
काठमाडौंको नैकापमा जन्मिएकी तेस्रो लिंगी अर्थात् ट्रान्सजेन्डर भूमिकाले ट्रान्सजेन्डरसँगै समलिंगीको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् । उनी ब्लु डाइमण्ड सोसाइटीमा आबद्ध भएर काम गर्दै आएकी छन् ।
प्रतिकृया दिनुहोस