एकीकृत समाजवादीको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

Ncp united socialist madhav nepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ ।

बबरमहलस्थित कार्की ब्यांकेटमा बस्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ । बैठक ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए ।

नेकपा एस जसरी पनि सत्तागठबन्धन जोगााउन चाहन्छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केही नेताले नेकपा एस र माओवादी केन्द्रले कांग्रेसको ओत खोजेको भन्दै कडा टिप्पणी गर्दा पनि नेताहरु निरीह बनेको आरोप लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...