पल शाहलाई गैंडाकोट पुर्याइयो, केही दिन गैंडाकोटमै हिरासतमा राखिने
काठमाडौं । एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ ।
जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्याइएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।
शाहविरुद्ध गत फागुन १६ गते थी किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । उनलाई केही दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक खनालले बताइन् ।
बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।
गैंडाकोटमा गीत छायाङ्कनका क्रममा गत वर्ष चैत ७ गते एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छन् । बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस