चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगर्न देउवाको आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।
मंगलबार बिहान सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीका नेताहरूसँग सभापति देउवाले मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् ।
कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । उक्त अभियानको अन्तिम तयारीका लागि शीर्ष नेता सहितको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा केही केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा आफुहरुलाई समावेश नगरिएको भन्दै शीर्ष नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन् ।
यज्ञराज जोशी, नानु बाँस्तोला, रमा पौडेल, सरिता प्रसाईं, गोविन्द भट्टराई लगायतले चुनावी प्रचारमा पार्टीले गर्नुपर्ने कमबारे धारणा राखेका छन् ।
केही समय छलफल गरेर देउवा सानेपाबाट बाहिरिएका छन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका छन् । कांग्रेसले स्थानीय निर्वाचनको तयारीसँगै अमेरिकी सहयोग परियोजना एमसीसीबारे जनतामा रहेको भ्रम चिर्ने अभियान सुरु गर्ने भएको छ ।
प्रतिकृया दिनुहोस