नागर्जुनमा एकै परिवारका ५ जना बेहोस भेटिए, १ जनाको मृत्यु

Death  24

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् । तीमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले बताए ।

अचेत अवस्थामा रहेका ६२ वर्षीया ईन्द्रमाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान छन् ।

घटनास्थलमा पुगेका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले विष खाएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, विस्तृत अनुसन्धानपछि मात्र एकिन हुने उनले बताए ।

गम्भिर घाइते उनको परिवारका थप चार सदस्यको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको एसएसपी गिरीले बताए । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ मा पनि सोमबार एकैपरिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...