गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच यसरी भयो मुक्का हानाहान

Palika kutakut

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले एक अर्कामाथि हातपात गरेको आरोप लगाएका छन् । गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ ।

१८ फागुनमा भएको आठौं गाउँसभाको विषयलाई लिएर अध्यक्ष प्रदीपकुमार जयसवाल र उपाध्यक्ष फुलमती देवी थरुइनबीच विवाद बढेपछि एकले अर्कोमाथि हातपात गरेको आरोप लगाएका हुन् ।

उपाध्यक्ष थरुइनले आफूलाई थाहै नदिई गाउँसभा गरेको विषयमा जानकारी माग्दा आइतबार गाउँपालिका कार्यालयमा अध्यक्ष जयसवालले आफूमाथि हातपात गरेको बताइन् । उनी आइतबार दिउँसो वीरगञ्जस्थित नारायणी अस्पतालमा समेत भर्ना भएकी थिइन् । अध्यक्षले धकेलेका कारण छातीमा चोट लागेको र देब्रे हातमा निलडाम देखिएको उपाध्यक्ष थरुइनको भनाइ छ ।

अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् । जैसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दुर्व्यवहार गरेको बताए । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

गाउँपालिकाका अन्य कर्मचारीहरूका अनुसार उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएकी थिइन् । जुन सीसीटीभी क्यामेरामा कैद भएको उनीहरू बताउँछन् । दुर्व्यवहार गरेपछि उपाध्यक्षका भाइ र वडा ५ का अध्यक्षले उनको हात समाएर कार्यकक्ष बाहिर निकालेको अध्यक्षले बताए ।

‘अनुगमनबाट फर्केकी थिएँ, वडा अध्यक्षहरु बसिरहनुभएको रहेछ, मलाई पनि बसाइदिनुभयो, पछि अध्यक्ष पनि आउनुभयो’ उनले भनिन्, ‘मलाई र केही कार्यपालिका सदस्यलाई थाहा नै नदिई किन गाउँसभा गरेको रु हामीलाई पत्रसमेत काटेको छैन भनेर सोधेको मात्रै के थिएँ, खाली मेरो सिकायत मात्रै गर्नुहुन्छ, तपाईलाई जे मन लाग्छ त्यही गर्नुहुन्छ भनेर हातपात गर्न थाले । उनीहरु धेरै थिए, म एक्लै थिएँ । मलाई मेरै कार्यकक्षमा लगेर थुनिदिए ।’

उपाध्यक्षसहित वडा नं २ का दुई जना वडा सदस्य, वडा नं १ को एक जना वडा सदस्य र वडा नं ४ को वडा अध्यक्ष र ४ जना वडा सदस्यलाई बेवास्ता गरेर अध्यक्ष जयसवाले काम गरेको वडा सदस्य चौधरीको भनाइ छ ।

गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले भने उपाध्यक्षले लगाएको आरोप सबै निराधार रहेको बताए । बरु उपाध्यक्ष थरुइनले नै आफूमाथि हातपात गरेको उनले बताए ।

‘मलाई नसोधी आफैं मेरो कार्यकक्षमा आउनुभयो, गाउँसभा किन गरेको भनेर विवाद गर्नुभयो, चर्को चर्को स्वरमा बोल्नुभयो, शान्त भएर बसेर कुरा गर्नुस् भन्दा मान्नुभएन’ उनले भने, ‘मैले हातपात गरेको छैन, उहाँको आरोपमा सत्यता छैन, सिसिटीभी फुटेज हेर्न सक्नुहुन्छ, बरु उल्टै उहाँले हातपात गर्नुभएको छ ।’

‘कुटपिटले मेरो शरीरमा डाम बसेको छ,’ उनले भनिन्, ‘छाती र पिठ्युँमा चोट लागेको छ । कारबाहीको लागि प्रहरी प्रशासनमा जाहेरी दिन्छु ।’ उता अध्यक्ष जैसवालले समेत उपाध्यक्ष विरुद्ध उजुरी दिने बताएका छन् । अध्यक्ष र उपाध्यक्षको झगडाले सोमबार दिनभर गाउँपालिका बन्द रहेको स्थानीय रामकिशोर चौधरीले बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...