माओवादी बनायो सबै प्रदेशहरुमा प्रदेश इन्चार्ज
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन माओवादी विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड बनाउन निर्णय गरेको छ ।
प्रदेशगत रुपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै माओवादीले ती प्रदेशभित्रका जिल्लाहरुको पनि समूह विभाजन गरेर कमाण्ड बनाएको हो ।
सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले इन्चार्ज पनि तोकेको छ । प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।
प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन् ।
प्रतिकृया दिनुहोस