हिउँले बाटो अबरुद्ध हुँदा संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न अभाव

Kimathangka gau

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न अभाव भएको छ । चीनतर्फको नाका बन्द रहेको र नेपालतर्फको बाटो हिउँले ढाकेर अवरुद्ध भएका कारण २२१ घरमा खाद्यान्नको समस्या हो ।

निरन्तर परेको हिउँ नपग्लिएका कारण भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्र किमाथांका, थुदाम, रिदाक र छुमसुर जाने बाटो अवरुद्ध छ । जसका कारण खाद्यान्न ढुवानी हुन सकेको छैन ।

पालिकाको सदरमुकाम हटिया पुग्ने दुईवटै बाटो बन्द छ । किमाथाङ्का क्षेत्रका वासिन्दालाई यसअघि चीन सरकारले दुई पटक खाद्यान्न सहयोग गरेको थियो । तर पछिल्लो समय भने सहयोग आएको छैन ।

खाद्यान्न समस्या भएका यी गाउँदेखि २० मिटरको दूरीमा चीनको चाङ्गा बजार पर्छ । तर कोरोना महामारीका कारण दुई वर्षदेखि नाका बन्द छ । ती गाउँसम्म सडक पुगेको छैन । खच्चड हिँड्ने बाटो हिउँले ढाकेको छ ।

सरकारले दिने भनेको खाद्यान्न पनि च्याम्ताङसम्म मात्रै पुगेको छ । च्याम्ताङबाट बोकेर लैजान नसकिने भएकाले गाउँसम्म ढुवानीका लागि हेलिकप्टर आवश्यक पर्ने भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छेवी शेर्पाले बताए ।

सरकारले ती गाउँमा प्रतिपरिवार ४० किलो चामल र ३ किलो दाल छुट्याए पनि ढुवानी हुन नसकेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...