युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त, प्रशासनले बनायो छानबिन समिति

Surkhet jhadap

सुर्खेत । कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप भएको छ ।

बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बर ट्रकमा सुर्खेत आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएका कालीकोट नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमालको मृत्युलाई लिएर उनका आफन्त र स्थानीले आन्दोलन गरेका हुन् । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् ।

हमालसहित ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि वीरेन्द्रनगरमा आन्दोलन उठेको हो । परिवार, आफन्तसहित आन्दोलनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् ।

हमाललाई मादक पदार्थ सेवन गरेरनगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीको दाबी छ । तर अस्पतालले भने घटनाबारे एक विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।

प्रशासनले बनायो छानबिन समिति
यसैबीच जिल्ला प्रशासन कार्यालय सुर्खेतले हमालको मृत्युको घटनामा छानबिन गर्न छानविन समिति बनाएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षमा बसेको जिल्लास्थित सुरक्षा निकायको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्य छानबिन समिति बनाएको छ ।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रशासनले घटनालाई लिएर जिल्लामा हुन सक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न भनेको छ ।

प्रशासनले आफन्तहरुलाई पनि छानबिनको वातावरण बनाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...