आगामी निर्वाचनमा बहुमत ल्याएर ५ वर्ष सरकार चलाउने थापाको दावी

Gagan thapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन नेकपाका नेतृत्वले ५० वर्षसम्म कांग्रेस सरकारमा आउँदैन भने पनि आगामी चुनावमा आफूहरूले बहुमत ल्याउने दावी गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले नेकपाले आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको बताएका हुन् । नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन नसकेकाले आफूहरूले जिम्मेवारी लिएको पनि उनको भनाइ थियो ।

उनले वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन जसरी पनि हुने बताए । तर त्यसपछि हुने आम निर्वाचन भने मंसिरअगाडि नै हुन सक्ने उनको भनाइ थियो ।

हुने भन्दै थापाले स्थानीय तहको निर्वाचनमा शानदार ढंगले पार्टीले जित हासिल गर्ने दाबी गरे । ‘यसैगरी संसद् चल्न नदिने अवस्था बन्दै गयो, नेकपा एमालेले यसैगरी संसद्को उपहास गर्ने काम गरिरह्यो भने संसद किन चलाइराख्ने भन्ने प्रश्न उठ्न सक्छ,’ महामन्त्री थापाले भने, ‘त्यो बेला मंसीरभन्दा अगाडि पनि आम चुनाव हुन सक्छ ।’

थापाले अगाडि भने, 'प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो तर उसले चलाउन सकेन । नेपाल कम्युनिस्ट पार्टीले आफ्नै घरमा आगो लगायो । आगो लगाउनेहरूमध्ये एकथरीले खरानी घसेर देखाइदिने हो भन्दै बाहिर आए । एकथरीले खरानीको थुप्रोमा बसेर अट्टहास गरेर हामीले जित्यौँ भन्दैछन् ।'

त्यस्तै तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको 'कांग्रेस ५० वर्षसम्म सरकारमा आउँदैन' भन्ने अभिव्यक्तिलाई उल्लेख गर्दै थापाले भने, 'यही हलबाट होइन नेकपाले अब ५० वर्ष कांग्रेस सरकारमा आउँदैन भनेको । कांग्रेसको अन्तिम सरकार यही हो भनेको होइन ?'

महामन्त्री थापाले स्थानीय तहको चुनाव तोकिएकै मिति वैशाख ३० गते नै भए पनि संघीय चुनाव भने अगाडि पनि हुन सक्ने बताए । प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरुद्ध गरिरहने हो भने संघीय चुनाव अगाडि पनि हुन सक्ने उनको भनाइ थियो । साथै आगामी चुनाव कांग्रेसले जित्ने पनि उनको दाबी छ । 'यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ,' उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...