रुस–युक्रेन द्वन्द्व प्रभावित ५११ जना नेपाली सुरक्षित स्थानमा

Ukren nepali

काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५ सय ११ जना नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी र ४ माल्दावा पुगेका पुगेका हुन् ।

युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र समेत लिएको राजदूत खड्काले जानकारी दिए । युक्रेनको सीमामा आइपुगेका नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघका स्वयंसेवकहरु खटिएको उच्चस्तरीय समितिका संयोजक डा बद्री केसीले जानकारी दिए ।

नेपालीहरुलाई खाने, बस्ने र सुरक्षित स्थानमा लैजाने तथा नेपाल फर्कन चाहनेका लागि आर्थिक संकलन समेत भइरहेको डा. केसीले बताए ।

रुसी सेनाले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र कब्जा गरेको दाबी गरेको छ । युक्रेनको दक्षिण(पूर्वी क्षेत्रमा रहेको उक्त ऊर्जा केन्द्र नजिकै रुसी सैनिकले लगातार गरेको हमलापछि कब्जा गरेको रुसले दाबी गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...