उपत्यकामा हट्यो कोराना नियन्त्रणका सबै प्रतिबन्धात्मक व्यवस्था

Ktm 20

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था भोलि शनिबारबाट लागू हुने गरी पूर्ण रुपमा हटाइएको जानकारी दिएको हो ।

पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएकाले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नरगराउन तीनै जिल्लाका प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । विभिन्न गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ ।

पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुने गरी कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न र गराउन उक्त आदेशमा भनिएको छ ।

आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ । ती प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...