एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलको राजधानीमा प्रदर्शन
काठमाडौं । एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् । खुला मञ्चमा विरोध सभा आयोजना गर्न अघि वामपन्थी दलहरुले विरोध र्यालीको आयोजनासमेत गरेका छन् ।
बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन फागुन १५ कालो दिनका रूपमा दर्ज भएको बताएका छन् ।
६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौँमा गरेको विरोधसभामा महासचिव विप्लवले राष्ट्रहितविपरीत देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै यो दिन कालो दिनका रूपमा दर्ज भएको बताएका हुन् ।
‘कम्युनिस्टको नाममा खोल ओढेका अर्बपतिका कारण एमसीसी पारित हुने अवस्था आयो । फागुन १५ गतेको निर्णयमा केपी ओलीले संसद्मा रोष्टम घेराउको नाममा एमसीसी पारित गर्न भूमिका खेले,’ विप्लवले भने, ‘प्रचण्ड र माधव नेपालले शिर लतारेर आत्मसमर्पण गरेका छन् । अमेरिकी साम्राज्यवादको फोनका भरमा लाहछाप लगाएका छन् ।’
प्रचण्डले एमसीसी अनुमोदन गरेर देशलाई दुर्घटनाबाट बचाएको दाबी गरे पनि देश दुर्घटनामा पारेको आरोप लगाए । ‘एमसीसी पास गरेर देशलाई दुर्घटनाबाट बचायौँ भनेर जनतालाई भ्रमित गर्ने रु देउवा, प्रचण्ड र माधव नेपालले देशलाई ठूलो दुर्घटनामा पारेका छन्,’ विप्लवले भने, ‘तर त्यो लागू हुन दिइने छैन, संसदबाट पारित गरिएको घोषणा अवैधानिक गैरकानूनी छ । नेपालको सेना र प्रहरीले बुझ्नुपर्छ ।’
ुउनले कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेचिरहेको आरोप पनि लगाए । उनले एमसीसी अनुदान होइन, घातक अतिक्रमण भएको जिकिर गरे । उनले सन्धी सम्झौताका नाममा अमेरिकाले नेपालमाथि हमला गरेको उनले बताए ।
प्रतिकृया दिनुहोस