संघीय संसद्को उपसभामुख र उपाध्यक्ष दुवै पद रिक्त, उपाध्यक्ष आजदेखि बिदा हुँदै

Samsad

काठमाडौं । संघीय संसद अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुवै पद रिक्त हुन पुगेका छन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको चार वर्षे पदावधि २० फागुनमा स्वतः सकिएकाले दुवै पद रिक्त हुन पुगेका हुन् ।

‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएपछि तुम्वाहाम्फेले सभामुख हुने इच्छा प्रकट गरे पनि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सत्ता गठबन्धनमा देखा परेको असमञ्जस्यका कारण सो पद प्राप्त गर्न सकेकी थिइनन् ।

एउटै पार्टीको सभामुख र उपसभामुख हुन नसक्ने संवैधानिक व्यवस्थाका कारणले समेत सभामुखमा इच्छुक तुम्वाहाम्फेलाई अन्ततः संघीयमन्त्री बनाउने सर्तमा राजीनामा दिन लगाइएको थियो ।

दुई वर्ष अघि नै उनले सो राजीनामा दिएको भए पनि संघीय संसदका राजनीतिक दलबीच सहमति हुन नसक्द सो पद रिक्त हुँदै आएको थियो ।

उपसभामुख पद दुई वर्षदेखि रिक्त भइरहेका बेला आजदेखि राष्ट्रियसभा उपाध्यक्षको पद पनि रिक्त हुन लागेको हो । राष्ट्रियसभाका नवनिर्वाचित सांसद्ले गोलाप्रथामार्फत् आफ्नो कार्यकाल चयन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण ४ असार २०७५ मा भएको ‘निर्वाचन प्रक्रिया’ को क्रममा उपाध्यक्ष दाहालले चार वर्षे कार्यकाल चयन गरेकी थिइन् ।

उपाध्यक्ष दाहालले चिठ्ठामार्फत् चयन गरेको कार्यकाल आजै अर्थात् २० फागुनमा सकिने भएपछि सो पद स्वतः रिक्त हुन लागेको हो । उनीसँगै आजैबाट २० सांसद्को पद पनि स्वतः रिक्त हुँदै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...