राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिने, कोमल वलीदेखि रामनारायण विडारीसम्म बिदा हुँदै

Komal oli ram narayan bidari

काठमाडौं । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो । आजबाट विदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।

कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ । नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनित सांसद रामनारायण विडारी पनि राष्ट्रियसभावाट आजै बिदा हुनेछन् । २०७५ असार ४ मा भएको गोलाप्रथा अनुसार आजवाट रिक्त हुने सांसदले चार वर्षे कार्यकालका चिठ्ठा समाएका थिए । जसअनुसार उनीहरुको कार्यकाल ४ वर्ष मात्रै हुन पुगेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...