एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हितको प्रत्याभूति हुनुपर्छ : ओली

Kpoli 1

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न एमालेले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी सम्झौता आफूहरुले नगरेको र संसदबाट अनुमोदन गर्दा पनि अनुचित ढंगले अलग राखिएको बताए ।

उनले अघि भने, ‘एउटा सम्झौता संसदबाट पारित भइसकेपछि कार्यान्वयन नगर्ने भन्ने हुन्न । प्रक्रियागत त्रुटि गर्न हुँदैनथ्यो, सरकारले गर्‍यो । तर जसरी भएपनि पास भइसकेपछि कार्यान्वयनमा जानु विकल्प छैन ।’

अब एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हिको प्रत्याभूति हुनुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।

ओलीले गठबन्धन सरकार विघटन गरेर जनादेशअनुसार अघि बढ्नुपर्ने बताए । उनले अघि भने, यो सरकार बन्न नदिन खोजेको हो, ढाल्न खोज्नु के नयाँ भयो र ?’

नेपाली कांग्रेससँग आफ्नो दलको कुराकानी भएको, तर पार्टीको अडान नछाडेको अध्यक्ष ओलीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...