नेपाल बन्दको प्रभाव : बन्दकर्ताले गरे दुध बोकेको गाडी तोडफोड
काठमाडौंं । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासँगै अनुमोदन भएको विरोधमा आज विभिन्न राजनीतिक पार्टीहरुले नेपाल बन्द गरेका छन् ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले आज एक दिन बन्दको आह्वान गरेका छन् । बजार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् । अब कार्यान्वयनको दिशामा अघि बढेको अमेरिकाले प्रतिक्रिया दिएको छ ।
प्रतिकृया दिनुहोस