पललाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको स्वीकृति
काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार पलमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ७ दिनको समय दिएको छ ।
७ दिनको समयमा अनुसन्धान नसकिएमा अनुसन्धान गर्ने प्रयोजनका लागि पटकपटक गरी २५ दिनसम्म उनलाई न्यायिक हिरासतमै राख्न सकिन्छ । प्रहरीले अनुसन्धान सकी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइसकेपछि सरकारी वकिलले पलविरुद्ध मुद्दा दर्ता गर्नेछ ।
तर अनुसन्धानका क्रममा पलमाथि मुद्दा दायर गर्नु नपर्ने भएमा भने मुद्दा दर्ता नगरी तामेलीमा राखिदिन पनि सक्नेछ । उनीविरुद्ध आइतबार मात्रै नवलपुरमा पनि जवरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
यसैगरी पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध अर्को जाहेरी दर्ताको प्रक्रिया अघि बढेकोफ हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पक्राउ परिसकेका उनीविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् ।
प्रतिकृया दिनुहोस