पोखरा पुगेर ओलीले भने, सरकारमा बस्नेहरुले कार्यकर्ता पढाएर ढुंगा हान्न लगाए

Kp sharma oli

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पढाएर ढुंगा हान्न लगाएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा लगाएको बताए ।

उनले सरकारमा बस्नेहरूले सडकमा आफूलाई ढुंगा हान्न लगाएको पनि दाबी गरे । उनले भने, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेवालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।’

ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गबठन्धन नटुट्ने बताए । ‘गठबन्धन टुट्न पनि हुँदैन’ उनले भने, ‘टुटिहालेमा बिचराहरू धुलोपिठो हुन्छन् ।’

‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’

कांग्रेस(माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’

उनले पुतली र मान्छेको कथा हाल्दै उनले पुष्पकमल दाहाललाई पुतली कि मान्छे भनेर छुट्टाउन नसकिएको बताए । जसलाई जतिबेला चाहियो त्यतिबेला फोरेर काम चलाउने जस्तो एमाले पैसा जम्मा गर्ने खुत्रुके नभएको उनले बताए । उनले नेता कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनमा लाग्न निर्देशन पनि दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...