संसद् बैठक स्थगित भए पनि बानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

Mcc bpradrasan 13

काठमाडौं । एमसिसी खारेजीको लागि नयाँ बानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन भएको छ । केही दिनअघि संसदमा एमसीसी टेबल भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन थप चर्किँदै गएको छ ।

संसद् बैठक भने आइतबारसम्मका लागि स्थगित भएको छ । तर, मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०को विरोध प्रदर्शन भने रोकिएको छैनन् ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), वाईसीएल, नेकपा (एस)का जनसंगठन, राष्ट्रवादी केन्द्र नेपाल लगायतले एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रको आवागमन प्रभावित बनेको छ ।

कोटेश्वरतर्फबाट आएका सवारीसाधन पुरानो बानेश्वरतर्फ वैकल्पिक मार्गका लागि खुला गरिएको छ भने माइतीघरबाट आउने सवारी साधनलाई बिजुलीबजारबाट वैकल्पिक मार्ग खोलिएको छ।

एमसिसीमा राजनीतिक सहमति नहुँदा पछिल्लो समय यो विषय थप पेचिलो बन्दै गएको छ । आजका लागि बोलाइएको संसद् बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...