फेरि सरकारकै आग्रहमा प्रतिनिधिसभा बैठक १५ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुन एक घण्टाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश बोकेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका थिए । उक्त भेटको सुरुमा नै मन्त्री बडूले बैठक आइतबार १ गतेसम्मका लागि सार्न आग्रह गरेका थिए । सोही आग्रहअनुसार सभामुखले बैठक सारेका थिए ।
तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।
शुक्रबारको बैठकमा एमसीसीमाथि सामान्य छलफल गर्ने कार्यसूची तय थियो । छलफलमा एमसीसीको सैद्धान्तिक पक्षबारे सांसदहरूले धारणा तय थियो । सामान्य छलफलमा भाग लिने सांसद्लाई पाँच मिनेटको समय दिइने कार्यव्यवस्था समितिको बिहीबारको बैठकले नै तय गरिसकेको थियो ।
प्रतिकृया दिनुहोस