जमुनाह नाका ६० घण्टा बन्द गरिने
काठमाडौं । नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।
भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइएको हो ।
प्रतिकृया दिनुहोस