बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, केही सर्वसाधारण घाइते

Baneshwor jhadap 1

काठमाडौं । काठमाडौको बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबचि झडप भएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितिरवितिर पार्न अश्रु ग्यास पैहार गरेको छ । अहिले बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनलाई रोक्न प्रहरीले पानीको फोहोरासमेत प्रहार गरेको छ । अहिले प्रहरी र प्रदर्शनकारीबीच दोहोरो हानाहान भइहेको छ ।

प्रदर्शका क्रममा केही सर्वसाधारण घाइते भएका छन् । प्रहरीले प्रदर्शनमा सहभागी नभएका सर्वसाधारणलाई लाठी प्रहार गरेको छ ।  

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् ।
सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समुह, क्रान्तिकारी माओवादी लगायतका ६ राजनीतिक दलहरुले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ ।

प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ गरिएको छ । एमसीसीको विपक्षमा रहेका विभिन्न दलमा आबद्ध कार्यकर्ताहरुको प्रदर्शनलाई ख्याल गर्दै संसद् भवनदेखि बानेश्वरसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको हो । बानेश्वर खण्डको सडकमा यातायात आवागमन बन्द गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा काँडे तार लगाएका छन् ।

विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । बानेश्वर क्षेत्रमा मात्रै प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा २४ सय प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिनिधि सभाको आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुदैछ । एमसीसीबारे राजनीतिक दलहरु विभाजित हुदै आएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...